पोखरामा पोलियोविरुद्ध सचेतना जगाउँदै रोटरीको सडक नाटक
पाेखरा | कात्तिक ८, २०८१
पोखरा: पोखरामा रोटरी इन्टरनेशनलले पोलियो उन्मूलनका लागि सचेतना अभियान अन्तर्गत सडक नाटक प्रस्तुत गरेको छ ।
रोटरी इन्टरनेशनलले ‘इन्ड पोलियो नाओ’ विशेष अभियानसँगै पोलियो उम्मूलनका लागि सडक नाटक प्रस्तुत गरिएको रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटान गभर्नर इक्लेक्ट बिनोद कोइरालाले बताए ।
‘रोटरीले वार्षिक रुपमा अक्टोबर २४ तारिखलाई विश्व पोलियो दिवसको रुपमा विश्वव्यापी रुपमा जनचेतना फैलाउँदै पोलियो उम्मूलनका लागि कार्यक्रम गर्दै आएको छ’, कोइरालाले भने, ‘अभियान अन्तर्गत आज विश्वभर नै कार्यक्रम भइराखेका छन्, पोखरामा हामीले आज सडक नाटकसँगै विभिन्न कार्यक्रम मनाइरहेका छौं ।’
उनले अझै पनि पोलियो उन्मूलन गर्न नसकिएकाले जनचेतना मुलक कार्यक्रम गरेर नेपालको सातै प्रदेशमा ‘इन्ड पोलियोे नाओ’ विशेष अभियान सञ्चालन गरिएको बताए ।

रोटरी इन्टरनेशनलले विश्व पोलियो दिवसको अवसरमा आयोजना गरेको सडक नाटकमा समिप सापकोटा, सनिता थापा, रश्मी पराजुली, शिक्षा मगर, उमंग शर्मा, स्वतिका सापकोटा, आयुषा वाग्ले, आकृति ढकाल, आशिष पौडेल, शान्तराम तामाङ, इश्वरी चापागाइ, रोटरी, युवराज लामिछाने, रोटरी सुमिना दाहाल, मिस्टर विष्णु कार्की, रोटरी शिष्टता चापागाइ र रोटरी प्रदिपती केसीले अभिनय गरेका थिए ।

सडक नाटकमा बच्चाहरुलाई पोलियो थोपा खुवाउने र स्वास्थ्यमा कुनै समस्या देखिए स्वास्थ्य स्वास्थ्यमा जाँच गराउनुपर्ने सन्देश प्रवाह गरिएको थियो ।
सन् १९०५ मा अमेरिकाको सिकागो सहरबाट सुरु भएको रोटरी इन्टरनेशनल संसारको सबैभन्दा पुरानो सेवामूलक सामाजिक संस्था हो । विभिन्न मुलुकमा ४६ हजारभन्दा बढी रोटरी क्लब ५३८ वटा डिष्ट्रिक्टहरुअन्तर्गत आबद्ध छन् । साथै १२ लाखभन्दा बढी सदस्य रोटरी सेवामा सक्रिय रहेको संस्थाले जनाएको छ ।
नेपालमा रोटरीको सुरुवात सन् १९५९ मा भएको थियो । सन् २००८ जुलाई महिनादेखि नेपालमा छुट्टै रोटरी डिष्ट्रिक्ट ३२९२ को स्थापना भएको हो । हाल नेपालमा १६१ वटा रोटरी क्लबले स्थानीयस्तरसँगै राष्ट्रियस्तरमासमेत विभिन्न कार्य गर्दै आएका छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

